टीका चौधरीलाई कांग्रेसले बनायो समन्वय प्रमुख कैलालीको उम्मेदवार
कैलाली । नेपाली कांग्रेसले कैलाली जिल्ला समन्वय समितिको प्रमुख पदका टीका चौधरी भुललाई उम्मेदवार बनाएको छ । यसअघि बसेको कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिको बैठकले जिल्ला समन्वय समिति कैलाली प्रमुखको उम्मेदवार धनगढी उपमहानगरपालिका–२ का वडा सदस्य केशवराज पन्त लाई बनाउने निर्णय गरेको थियो ।
तर निर्वाचन आयोगले जुनसुकै स्थानीय तहको प्रमुख पदमा पुरुष भए उपप्रमुख महिला अनिवार्य अर्थात पुरुष उपप्रमुख रहेको ठाउँमा महिला प्रमुख अनिवार्य भन्ने परिपत्र गरेपछि कांग्रेसले सो निर्णय गरेको हो ।
आज बसेको कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिको बैठकले सो निर्णय गरेको छ । बैठकले कांग्रेस जिल्ला कार्यसमिति कैलालीले सिफारिस गरेका चौधरीलाई सो पदको उम्मेदवार बनाउने निर्णय गरिएको कांग्रेस सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरतबहादुर रावत डोटेली कान्छाले बताए ।
चौधरी कैलारी गाउँपालिका २ का वडा सदस्य हुन् ।सो निर्णय पश्चात उम्मेदवार चौधरीलाई नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरुले शुभकामना दिएका थिए ।
यसअघि समन्वय प्रमुखको उम्मेदवार बनाउने निर्णय गरिएका पन्तले पनि उम्मेदवार बनेकी चौधरीलाई शुभकामना दिएका थिए । जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधन पश्चात रिक्त रहेको सो पदमा मंसिर १६ गते निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण