चितवन राइनोजको दोस्रो चरणको ट्यालेन्ट हन्टका लागि ३५ खेलाडी छानिए
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक चितवन राइनोजले ट्यालेन्ट हन्टबाट दोस्रो चरणका लागि ३५ जना खेलाडी छनोट गरेको छ ।
चितवन राइनोजले कैलाशनगर भरतपुरमा आयोजना गरेको पहिलो चरणको ट्यालेन्ट हन्टमा चार सय ६० जना खेलाडी दर्ता भएका थिए । तीमध्ये ३५ जनाको नाम दोस्रो चरणको ट्यालेन्ट हन्टका लागि छनोट गरिएको क्लबले जनाएको छ ।
अन्तिम छनोट आइतबार गौतम बुद्ध नमुना मैदानमा हुनेछ । दोस्रो चरणको छनोटपछि अन्तिम नाम टुंगो लाग्ने क्लबले जनाएको छ । चितवन राइनोजका बलिङ प्रशिक्षक कलाम अली, अनुभवी ब्याट्सम्यान शरद भेषावकर र प्राविधिक विश्लेषक राजन शाहले पहिलो चरणको ट्यालेन्ट हन्टको संयोजन गरेका थिए ।
कार्यक्रममा चितवन मेडिकल कजेल (सीएमसी) का अध्यक्ष डा.हरिशचन्द्र न्यौपाने, सीएमसीका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटा, महानगरीय क्रिकेटका अध्यक्ष मनिष सापकोटा, वागमती प्रदेश क्रिकेट संघका उपाध्यक्ष प्रेम क्षेत्री, क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पिया, राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजू खड्का र वागमती प्रदेश क्रिकेट संघका अनिल अधिकारीलगायतको उपस्थिति थियो ।
दोस्रो चरणको ट्यालेन्ट हन्टका लागि छनोट भएका खेलाडीमा रोबिन शर्मा, जितेन्द्र सहनी, सन्दीप राजली, सुनिल चन्द, निकेश गुरुङ, आशिष खरेल, शिवान्श बजगाईं, सुर्यान्श कोइराला, रिजन काफ्ले, अकिब अन्सारी, राजेश कुमार, गोविन्द बिके, राहुल हक अन्सारी, राकेश कामत र विशाल खत्री रहेका छन् ।
यसैगरी, स्वीकार श्रेष्ठ, सौगात ढकाल, सोनु देवकोटा, अमोल कार्की, बिधान न्यौपाने, अश्विन थापा, डेनिस इकबाल, मनिष पुन, कृजन गुरुङ, सुवास खत्री, रविनकुमार शर्मा, सेरा जहवारी, नरेश प्रधान, योगराज शर्मा, सोनु शर्मा, सोनु कुशवाह, सलाउद्दिन खान, विशाल यादव, समीर चौलागाईं र रोशन पनि दोस्रो चरणको ट्यालेन्ट हन्टका लागि छनोट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण