कीर्तिपुर नगरपालिकाको मेयर पदमा एमालेका सुरेन्द्र मानन्धरले गरे उम्मेदवारी दर्ता
आइतबार, ०२ मङ्सिर २०८१, १२ : ४३
काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयर पदमा एमालेका सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार नगरपालिकाको कार्यालय पुगेर मानन्धरले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउँदै मानन्धरेले एमाले र उम्मेदवारप्रतिको आशा व्यवहारमा परिणत गर्ने बताए । उनले भने, ‘यस पटक कीर्तिपुरमा एमाले र उम्मेदवारप्रतिको आशा व्यवहारमा परिणत गर्छौँ । एकता सहकार्यको इतिहास कायम गर्नेछौँ । कीर्तिपुरको समृद्धि र विकासका लागि काम गर्नेछौँ ।’
उनले आफ्नो कार्यकालमा समृद्ध कीर्तिपुर बनाउने घोषणा समेत गरे । सो नगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकीको उम्मेदवारी परेको छ । उनीहरुले पनि आफ्ना उम्मेदवारी दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण