राष्ट्रिय स्वतन्त्र पार्टीले पुथा उत्तरगङ्गा गाउँपालिकामा उम्मेदवारी नदिने
आइतबार, ०२ मङ्सिर २०८१, १४ : ०४

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीले रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष र सोही पालिकाको वडा नं २ मा उम्मेदवारी नदिने भएको छ ।
लुम्बिनी प्रदेशमा हुने १ उपाध्यक्ष र ५ वडाको उपनिर्वाचनमा रुकुम पूर्व गाउँपालिकामा उपाध्यक्ष र वडाध्यक्ष बाहेक अन्य ठाउँमा उम्मेदवारी दिने तयारीमा सो पार्टी रहेको छ ।
रुकुममा तयारी नपुगेका कारण उम्मेदवारी नदिने रास्वपा लुम्बिनी प्रदेशका उपाध्यक्ष देवराज पाठकले रातोपाटीलाई बताए।
उनका अनुसार कपिलवस्तुको शुद्धोदन गाउँपालिका–१ मा अवदेशकुमार चौधरी, बर्दियाको ठाकुरबाबा– ४ मा वासुदेव शर्मा, गुल्मीको मुसिकोट नगरपालिका–१ मा विकास थापा, रोल्पाको रुन्द्रधण्टी गाउँपालिका– ४ हेम बहादुर पुनले उम्मेदवारी दर्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान हुने ऊर्जामन्त्रीको विश्वास
-
टिकेन सेयर बजारको उत्साह, फाइनान्स समूह भने बढेको बढ्यै
-
वनबाट वार्षिक ४० अर्बको राजस्व सङ्कलन, १२ अर्ब रुपैयाँ बराबरको रोजगारी सिर्जना हुने
-
भजहर कप फुटबलको उपाधि गौरीगंगाको पोल्टामा
-
तीन वटै तहको सरकारबिच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक : मुख्यमन्त्री शाह
-
बीवाईडी एक्सचेन्ज क्याम्पेन घोषणा