रास्वपाले ५ बजेपछि ४२ वटै पदका उम्मेदवारको नामावली सार्वजनिक गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा जिल्ला समन्वय समितिबाहेक ४२ वटै पदमा उम्मेदवारी दर्ता गराउने भएको छ ।
आइतबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै रास्वपा नेता गणेश पराजुलीले अवरोध र धम्की आउने डरले उम्मेदवारहरूको नामावली सार्वजनिक नगरेको तर आजै ५ बजे सबै उम्मेदवारको नाम सार्वजनिक गर्ने जानकारी दिए ।
पत्रकार सम्मेलनमा रास्वपाले आफ्नो पार्टीका उम्मेदवार तथा समर्थकहरूलाई धम्क्याउने तथा आक्रमण गर्ने गरेकाले उपनिर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेमा आशंका लागेको पराजुलीको भनाइ छ । उनले लोकतन्त्रको मूल्य र मान्यताविपरित भइरहेका सरकारी पक्षका गैरक्रियाकलापको पार्टीले निन्दा गरेको पनि बताए ।
‘उम्मेदवारका सवालमा हामीले अन्तिम समयसम्म पनि प्रक्रिया प्रक्रिया भनिराख्यौ हामीसँग त्यसो भन्नु बाध्यता थियो’, पराजुलीले भने, ‘पुराना दलहरूले अपराध जस्तो निकृष्ट व्यवहार उपयोग गर्नुहुन्न जस्तो लागेको थियो ।’
उनले हुम्लाको सर्केगाड लगायतका उम्मेदवारलाई अन्य राजनीतिक दलका नेता कार्यकर्ताले राजनीतिमा कहिल्यै नआउने शर्तमामात्र छोडिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण