युक्रेनमा रुसको ठुलो हमलापछि पोल्याण्डले गर्यो यस्तो तयारी
आइतबार, ०२ मङ्सिर २०८१, १७ : ५०
वार्सा । रुसले युक्रेनमा गए राति सेप्टेम्बरयताकै भीषण आक्रमण गरेको थियो । यस्तोमा छिमेकी देश पोल्यान्डले आफ्नो वायुसेनालाई ‘स्ट्यान्डबाइ’ अवस्थामा रहन भनेको छ ।
पोल्याण्डको सशस्त्र बलको अपरेशनल कमाण्डले सामाजिक सञ्जालमा पोस्ट गर्दै पोल्यान्डको विमान र सहयोगी देशका विमानहरूले पोल्याण्डको हवाई क्षेत्रमा परिक्रमा गर्न थालेको बताएको छ । पोल्याण्डले सबै सशस्त्र सेना र संसाधनहरूलाई सक्रिय पारेको पनि भनिएको छ ।
ड्यूटीमा रहेका लडाकु विमानहरूलाई पनि तैनाथ गरिएको बताइएको छ । जमिनबाट आक्रमण गर्ने वायु रक्षा प्रणाली र रडारहरू पनि तैनाथ गरेको पनि पोष्टमा उल्लेख गरिएको छ । रुसले युक्रेनमा क्रुज र ब्यालेस्टिक मिसाइलका साथै ड्रोनबाट आक्रमण गरेको थियो । यी आक्रमणमा पश्चिमी युक्रेनका क्षेत्रहरूलाई पनि निशाना बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण