बसको ठक्करबाट किशोरीको मृत्यु पछि बसमा आगजनी
आइतबार, ०२ मङ्सिर २०८१, २० : १०
विराटनगर । कोशी राजमार्ग अन्तर्गत पर्ने सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित खनारमा यात्रुवाहक बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । घटनालगत्तै आक्रोशित स्थानीयले बसमा आगो लगाएका छन् ।
इटहरीबाट विराटनगर आउँदै गरेको मे१ख ४५७४ नम्बरको नागरिक यातायातको बसले ठक्कर दिँदा इटहरीस्थित जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सम्झना यादवको मृत्यु भएको थियो ।
दुर्घटना पछि भागेको बसलाई आक्रोशित स्थानीयवासीले आगो लगाएका हुन् । आगजनीका कारण बस पूर्णरुपले ध्वस्त भएको छ । सो दुर्घटनालगत्तै खनार क्षेत्र तनावग्रस्त बनेको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण