आफ्नो तस्बिरसहित अनलाइन जुवाको प्रचार गरिएपछि स्वस्तिमाको आपत्ति
सोमबार, ०३ मङ्सिर २०८१, १३ : ५६
काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले आफू गैरकानुनी एपबाट टाढा रहेको बताएकी छन् । आफूलाई व्यावसायिक दूत बनाएको दाबी गर्दै एक गेमिङ एपले विज्ञापन गरेको विषयमा उनले आपत्ति समेत प्रकट गरेकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक स्ट्याटसमार्फत उक्त अवैध प्लेटफर्ममा आफ्नो नाम र तस्बिर दुरुपयोग भएको बताएकी छन् । ‘मलाई ब्रान्ड एम्बास्डरको रूपमा अनुबन्ध गरिएको भन्दै एक गेमिङ एपले सामाजिक सञ्जालमा विज्ञापन गरिरहेको छ’, स्वस्तिमाले अगाडि भनेकी छन्– ‘म यस्ता गैरकानुनी एपबाट कोसौँ टाढा छु । यस्ता पोस्टहरू देख्नुभयो भने रिपोर्ट गरिदिनुहोला ल ।’
उनले यस्ता विषयमा नेपाल प्रहरीले कारबाही गर्ने विश्वास समेत राखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण