स्वर्णलक्ष्मी सहकारी घोटाला : कुमार रम्तेलको बयान सकियो

काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेलको बयान सकिएको छ । कारागार कार्यालय कास्कीबाट प्रहरीले उनलाई काठमाडौँमा ल्याएर बयान गराएको हो । ओखलढुङ्गा घर भएका रम्तेल पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन संलग्न आरोपमा पुर्पक्षका लागि थुनामा छन् ।
रम्तेलको बयान पूरा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । उनलाई सोमबार यति एयरको उडान मार्फत पोखरा लगिँदै छ । रम्तेल सूर्यदर्शन सहकारीको पनि कोषाध्यक्ष हुन् ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा उनी मुछिएका छन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा १ करोड ८२ लाख अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको छ । ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।
रम्तेल जीबी राईको आर्थिक हेर्ने मुख्य व्यक्ति हुन् । उनी गोरखा मिडिया नेटवर्कमा पनि सेयर होल्डर थिए । स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा रास्वपाका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । स्वर्णलक्ष्मीको रकम घोटालामा संलग्न आरोपमा रवि र छवि सहित २१ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–इरान युद्ध : २० जनाले नेपाल फर्किन दिए निवेदन
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न