स्थानीय तह उपनिर्वाचनमा सकारात्मक नजिता आउँछ : माओवादी केन्द्र
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीको पक्षमा सकारात्मक नतिजा आउने दाबी गरेको छ । मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले सो निष्कर्ष निकालेको हो ।
स्थानीय तह उपनिर्वाचनबारे देशभर रिपोर्ट लिने काम गरेको र सकारात्मक नतिजा पार्टीको पक्षमा आउने निष्कर्षमा पुगिएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बागमती प्रदेशको उपनिर्वाचनमा जित हुने माओवादी केन्द्रको जिकिर छ । बैठकले पालिका सम्मेलन र पार्टीको खबरदारी सभाका लागि योजना बनाउन एक कार्यदल पनि बनाएको छ ।
प्रवक्ता सापकोटाले भने, ‘उपचुनावको देशभरि रिपोर्ट लिइयो । अहिलेसम्म सकारात्मक भन्ने छ । अव कतिपय ठाउँमा जित सुनिश्चित जस्तै छ ।’
पार्टीले सरकारको विरोधमा जनदबाब सृजना गर्न देशभर पालिकास्तरसम्म खबरदारी सभा गर्ने घोषणा गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण