राजर्षि जनक विश्वविद्यालय र इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच समझदारी
काठमाडौँ । राजर्षि जनक विश्वविद्यालय र चीनस्थित इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक तथा सांस्कृतिक गतिविधि आदानप्रदान गर्ने समझदारी भएको छ । हालै चीनको नाङचाङमा भएको कार्यक्रमका बिच चिनियाँ विश्वविद्यालयको साहित्य, कानुन र कला संकायका प्रतिनिधि सु गुओहुवा र राजर्षि जनक विश्वविद्यालयका मानविकी तथा कानुन संकायका डीन प्राध्यापक डा. नरेन्द्र कटुवालबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
दुई देशका विश्वविद्यालयले शैक्षिक, सांस्कृतिक र अनुसन्धान आदानप्रदानलाई प्रवर्द्धन गर्ने लक्ष्य यो सम्झौताले राखेको छ । समझदारीमा संयुक्त अनुसन्धान, शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना, भाषा प्रशिक्षण, विद्यार्थी र शिक्षकको अनुभव आदानप्रदान लगायतका विभिन्न सहयोगात्मक क्रियाकलापलाई प्रोत्साहन गरिने उल्लेख छ ।
विद्यार्थी तथा शिक्षकहरूका लागि छोटो र दीर्घकालीन एक्सचेन्ज कार्यक्रम, संयुक्त सेमिनार, कार्यशाला, गोष्ठी, अनलाइन तथा प्रत्यक्ष कक्षाहरू सञ्चालन तथा दुवै विश्वविद्यालयका स्रोत साझा गर्नेसम्मको सहकार्य गरिनेछ । यो सम्झौताले मधेस प्रदेशको शैक्षिक र सांस्कृतिक क्षेत्रमा अन्तर्राष्ट्रिय पहुँच थप विस्तार गर्ने अपेक्षा गरिएको डीन डाक्टर कटुवालले बताए। उनले यो सम्झौताले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय तहमा प्रतिस्पर्धा गर्न थप सशक्त बनाउने विश्वास पनि व्यक्त गरे ।
यस समझदारीको अवधि प्रारम्भिक रूपमा तीन वर्ष तोकिएको छ । समयावधि समाप्त भएपछि कुनै पनि पक्षले ६ महिना अघिसम्म जानकारी नदिएमा समझदारीलाई थप तीन वर्षका लागि स्वचालित रूपमा नवीकरण गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण