अजय–अक्षयको फिल्मको हिस्सा बने विक्की
नयाँ दिल्ली । अजय देवगनले हालै अक्षय कुमारसँग नयाँ फिल्म बनाउने घोषणा गरेका थिए । उनको यो घोषणाले दुबै अभिनेताका फ्यान गद्गद् छन् । आफ्नो निर्देशनमा बन्न लागेको एक्शन फिल्ममा अक्षय कुमारको मुख्य भूमिका रहने र फिल्मको घोषणा छिटै हुने पनि उनले बताएका थिए ।
उनले यस्तो बताएदेखि नै सामाजिक सञ्जालमा हलचल बढेको छ । फिल्ममा अन्य स्टार कास्टको नाम जान्न मानिसहरू निकै उत्सुक छन । यसैबिच, फिल्ममा अर्का स्टार आउने खबर हेडलाइन बनिरहेको छ । खबरहरूलाई विश्वास गर्ने हो भने यो एउटा एक्सन–कमेडी फिल्म हुनेछ । यसमा विक्की कौशलले अक्षय कुमारसँग स्क्रिन शेयर गर्नेछन् ।
अजय–अक्षयको हुनेछ सातौँ सहकार्य
सुहाग, खाकी, इन्सान, सिम्बा, सूर्यवंशी र सिंघम अगेनपछि अजय देवगन र अक्षय कुमार सातौं फिल्ममा सहकार्य गर्दैछन् । फिल्ममा अन्य ए–लिस्टर स्टारलाई पनि समावेश गर्ने योजना बनिरहेको देखिन्छ । रिपोर्टका अनुसार फिल्ममा दुई नायक रहनेछन् ।
जसमध्ये एकजना अक्षय कुमार र अर्को चाँहि विक्की कौशल हुनेछन् । भारतीय सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार विक्की कौशलको अभिनयले अजय देवगनको मन जितेको छ । यही कुरालाई विचार गरेर अजयले अक्षय कुमार र विक्की कौशलको जोडी बनाउने सोचेका हुन् । फिल्ममा एक्शन र कमेडी दुबै भएकोले फिल्म कथा सुने र अक्षय कुमार रोमाञ्चित भएको बताइएको छ ।
अर्काे वर्ष सुरु हुनेछ छायाङ्कन
तर फिल्म अहिले प्रारम्भिक चरणमै छ । अक्षयकुमारको समय तालिका निकै व्यस्त भएकोले फिल्मको छायाङ्कन अर्काे वर्ष सेप्टेम्बर वा अक्टोबरमा सुरु हुने भनिएको छ । विक्की कौशल साँच्चै यो फिल्मको हिस्सा हुन् कि होइनन् भन्ने कुरा चाँहिसमयले नै बताउनेछ । अहिलेसम्म अजय र फिल्मको टिमबाट कसैले पुष्टि गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण