ललितपुरमा तुल्सीलाल स्मृति बुद्धिचाल प्रतियोगिता
काठमाडौँ । नेपाल बुद्धिचाल संघ र ललितपुर स्पोर्टस क्लबको संयुक्त आयोजनामा मंसिर २५ देखि ३० गतेसम्म ‘तुल्सीलाल स्मृति सातौँ नेशनल टिम क्लव बुद्धिचाल प्रतियोगिता’ सञ्चालन हुने भएको छ ।
प्रतियोगिता ललितपुरको च्सासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको सभा हलमा सञ्चालन हुनेछ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा प्रत्येक टोलीबाट पाँच खेलाडी सहभागी हुनेछन् ।
प्रतियोगितामा सातवटै प्रदेश, विभिन्न क्लब र संस्थाका गरि २५ भन्दा बढि टोलीको सहभागी रहने बताइएको छ । प्रतियोगितामा देशभरबाट एक सय ५० जना खेलाडीको सहभागिता रहने छ ।
कुल चार लाख ७० हजार रुपैयाँ पुरस्कार राशि रहेको उक्त प्रतियोगितामा विजेता टोलीले दुई लाख र उपविजेता टोलीले एक लाख २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी, तेस्रो हुने टोलीले ६० हजार र चौथो स्थान हात पार्ने टोलीले ४० हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । प्रत्येक बोर्डमा उत्कृष्ट हुने पाँच खेलाडीलाई जनही १० हजार पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा हालसम्म छैटौँ संस्करणको विजेता दोलखा चेस होम, साविक उपविजेता थापाथली चेस पार्क क्लव, कोशी प्रदेश बुद्धिचाल संघ र ललितपुर स्पोर्टस क्लवको सहभागिता पक्का भएको छ ।
यसैगरी, ललितपुर महानगरपालिका, भक्तपुर जिल्ला बुद्धिचाल संघ, लुम्बिनी ईभेन्ट म्यानेजमेन्ट टिम, सुदूरपश्चिम प्रदेश बुद्धिचाल संघ र गण्डकी प्रदेश बुद्धिचाल संघको सहभागिता पनि पक्का भएको छ ।
यसैगरी, काठमाडौँ चेस क्लव, दोलखा बुद्धिचाल संघ, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका, हेटौँडा चेस क्लव र नाइट चेस क्लब झापाको पनि सहभागिता पक्का भएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण