दुर्गा प्रसाईंले सार्वजनिक गरेको कागजात प्रकाशन गर्ने १२ वटा युट्युब च्यानल बन्द
काठमाडौँ । कम्बोडियाको एक टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै दुर्गा प्रसाईंले सार्वजनिक गरेको कागजात प्रसारण गर्ने युट्युब च्यानलहरूलाई कारबाही गरिएको छ । त्यस्तो सामग्री प्रकाशन गर्ने १२ वटा युट्युब च्यानल बन्द गरिएको सीआईबीका एआईजी दीपक थापाले रातोपाटीलाई बताए ।
सो सामग्री अपडेट सेरोफेरो र मेडिकल व्यवसायी दुर्गा प्रसाईको फेसवुक एकाउन्टबाट पनि सार्वजनिक गरिएको थियो । सामग्री प्रकाशन गर्ने ३ वटा युट्युब दर्ता बिना नै सञ्चालन गरेको भेटिएको छ । ती युट्युबका सञ्चालकलाई कारबाही गर्न प्रेस काउन्सिलले प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।
प्रधानमन्त्री ओलीद्वारा कम्बोडियामा अरबौँ लगानी गरिएको भनि प्रमाण स्वरूप सार्वजनिक गरेका कागजात प्रारम्भिक अनुसन्धानबाट फर्जी रहेको देखिएको एआईजी थापाले जानकारी दिए । प्रहरीले प्रसाईंलाई पक्राउ गरेर त्यसबारे थप अनुसन्धान गरिरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण