१२ करोड १० लाख अमेरिकी डलरको कीर्तिमानी मूल्यमा बिक्यो यो पेन्टिङ
न्यूयोर्क । बेल्जियन अतियथार्थवादी चित्रकार रेने म्यागराइटको एउटा पेन्टिङ कीर्तिमानी मूल्यमा बिक्री भएको छ । म्यागराइटको चित्रले लिलामीमा नयाँ कीर्तिमान कायम गरेको हो ।
यो पेन्टिङ यही मंगलबार न्युयोर्कमा १२ करोड १० लाख अमेरिकी डलरमा बिक्री भएको थियो । ‘ल एम्पायर डेस ल्युमिएरेस’ अर्थात् द एम्पायर अफ लाइट शीर्षकको यो पेन्टिङलाई लिलामकर्ताहरूले कला दुनियाँको उत्कृष्ट कलाकृति भनेका छन् ।
यस अघि लिलामीमा तस्बिरले ९ करोड ५० लाख डलर मूल्य पाउने अनुमान गरिएको थियो । यो तस्बिरमा एउटा घर छ, जसको ठिक अगाडि एउटा मात्रै स्ट्रिट ल्याम्प छ । ल्याम्पबाट आइरहेको उज्यालाले सारा चित्रलाई उज्यालो पारिरहेको छ । चित्रमा घरको अगाडि र दायाँबायाँ रुख छन् ।
सबै रुख कालो देखिएको छ भने फिक्का निलो आकाशमा बादलका टुक्राहरू छरिएका छन् । लिलामीमा म्यागराइटको अन्य दुई पेन्टिङहरू क्रमशः १ करोड ५ लाख ३० हजार डलर र ३६ लाख ८० हजार डलरमा विक्री भएका थिए । बेलायती कलाकार डेभिड हकनेको एएटा पेन्टिङ १ करोड ९० लाख डलरमा बिकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण