अभियन्ता फणिन्द्र नेपालले भारतीय सेना प्रमुखको विरोध गर्नसक्ने सुरक्षा विश्लेषण
काठमाडौँ । ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाललाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ । शान्तिनगरबाट पक्राउ परेका नेपालले भारतीय स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदीको विरोध गर्नसक्ने सुरक्षा विश्लेषण गरिएको छ ।
मंसिर ५ मा काठमाडौँ आएका द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेले उनलाई मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन् ।
भारतीय सैन्य प्रमुख द्विवेदी सहभागी कार्यक्रममा कालो झण्डा देखाउने र नाराबाजी गर्नसक्ने सुरक्षा विश्लेषणको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
नेपालले नेपालको भूभाग भारतले मिचेको भन्दै ‘ग्रेटर नेपाल’ अभियान चलाउँदै आएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीले उनलाई सोधपुछका लागि मात्रै नियन्त्रणमा लिएको बताएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण