राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालको अवकाश
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालको अवकाश भएको छ । बिहीबारदेखि लागू हुनेगरी उनी अनिवार्य अवकाशमा गएका हुन् ।
नेपाल राष्ट्र बैङ्कमा तीस वर्षे सेवा अवधि र ५८ वर्ष उमेर हद अनुसार अनिवार्य अवकाशको व्यवस्था छ । त्यस्तै, प्रथम श्रेणीका कर्मचारीदेखि माथिल्लो पदका लागि सेवा अवधिका आधारमा समेत अवकाशको व्यवस्था छ । जसअनुसार निर्देशक तहका लागि १२ वर्ष र कार्यकारी निर्देशक तहका लागि ७ वर्षको उमेर हद तोकिएको छ ।
ढकाल भने उमेर हदका कारण आजदेखि अवकाश पाएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी भागवत आचार्यले जानकारी दिए । अवकाशको एक महिना अघिदेखि बिदा बस्ने व्यवस्था अनुसार उनी एक महिनाअघि देखि नै जिम्मेवारीबाट अलग भएका थिए ।
राष्ट्र बैङ्कमा रहँदा उनले नियमन, सुपरिवेक्षण, भुक्तानी प्रणाली लगायत महत्त्वपूर्ण विभागका साथै प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए । ढकाल गभर्नर महाप्रसाद अधिकारीको विश्वासपात्रको रूपमा समेत चिनिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण