अहिलेको सरकार र समीकरणलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकता मच्चाएर लोकतन्त्र र संविधान मास्न खोजिएको आरोप लगाएका छन् ।
साथै उनले एमाले र अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने पनि बताए । ‘एमालेलाई र अहिलेको सरकारलाई कसैले हल्लाउन सक्दैन । कुनै कमिसनखोर, भ्रष्टाचार र आफ्ना मान्छे भर्ती गर्न यो सरकार बनेको होइन’, ओलीको भनाइ छ ।
शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाजमा भ्रम फैलाएर अराजकता मच्चाउनेहरूले लोकतन्त्र र संविधान मास्न खोजेको बताएका हुन् ।
‘धेरै मान्छेहरूले धेरै प्रकारका हल्ला चलाएका छन् । तर एमाले कागले कान लग्यो भन्दैमा कागका पछि लागेर कुद्ने पार्टी होइन’, प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले लडेर ल्याएको यो व्यवस्था र तदनुकुल व्यवस्थाको रक्षा गर्दै देश र जनताको भलाइका लागि काम गर्ने दाबी गरे । केही मानिसहरूले झुटको खेती गरेपछि सबै समाज त्यस्तै भयो भनेर सोच्न सक्ने भन्दै ओलीले जनता गोरवपूर्ण इतिहास र परम्परा अनुसार चल्ने भएकाले जनता कुहिरोको काग बनेर नकुद्ने बताए ।
उनले वर्तमान सरकार र समीकरण ८४ सम्मै टिक्ने दाबी समेत गरे ।
‘फागुनको कुरा होइन ८४ साल मंसिरको चुनावसम्म अहिलेको यो समीकरण रहन्छ’, प्रधानमन्त्रीले भने, ‘कान खोलेर सुने हुन्छ । २०८३ असारसम्म म प्रधानमन्त्री हुन्छु र शेरबहादुर देउवाजीले १८ महिना चलाउनुहुन्छ । कुनै भ्रम नराखे हुन्छ । यस्ता भ्रममा नपर्नुस् र पर्न नदिनुस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण