जनमत पार्टीकी सांसद सापकोटालाई पदबाट नहटाउने सभामुखको निर्णय
काठमाडौँ । जनमत पार्टीकी सांसद गोमालाभ सापकोटाको सांसद पद जोगिएको छ । सभामुख देवराज घिमिरेले जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी सापकोटालाई कारबाही नगर्ने निर्णय गरेका हुन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार जनमत पार्टीले पठाएको पत्रबारे निर्णय गर्दै सभामुखले उनलाई पदबाट नहटाउने निर्णय गरेको जानकारी दिए ।
‘सभामुखज्यूबाट निर्णय भएको छ‚’उनले भने- ‘राजनीतिक दल सम्बन्धी ऐन ऐनको दफा ३२ को उपदफा १‚२‚३‚४ र ५ सम्बन्धी जुन प्रक्रिया छन् त्यी प्रक्रिया पुरा भएको नदेखिएको त्यसैगरी दफा ३८ को प्रक्रिया पुरा भएको नदेखिएकोले सांसद पद गएको सूचना निकाल्न नपर्ने निर्णय सभामुखज्यूबाट भएको छ ।’
प्रवक्ता गिरीले राजनीतिक दलसम्बन्धी ऐनको दफा १८‚ दफा ३२ र ३८ को प्रावधानमा आधारित भएर सभामुखबाट निर्णय भएको उनले जानकारी दिए । पार्टी अनुशासन विपरीत काम गरेको भन्दै जनमतले लाभलाई कारवाही गरेको र सांसद पदबाट हटाइएको सूचना टास गर्न भन्दै संसद् सचिवालयमा पटक पटक पत्र दर्ता गराएको थियो ।
सभामुखले पत्रको सुनुवाइ नगरेको भन्दै पार्टी अध्यक्ष सिके राउत आफैँ संसद् सचिवालय पुगेर सभामुखसँग छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण