बीवाईडीको १०० विद्युतीय गाडी डेलिभरी
शुक्रबार, ०७ मङ्सिर २०८१, १५ : १९
काठमाडौँ । साइमेक्स इन्कले नेपालभर बीवाईडीको १०० विद्युतीय गाडी डेलिभरी गर्दै अर्को उपलब्धि हासिल गरेको छ । बीवाईडीको ३०औं वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा उक्त माइलस्टोन पूरा गरेको साइमेक्सले जनाएको छ ।
नेपालले हरित भविष्य अँगाल्दै गर्दा साईमेक्स इन्कले बीवाईडीका बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी सील जस्ता आधुनिक मोडलहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको जनाएको छ। यी गाडीहरूमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर र उत्कृष्ट अन्य विशेषताहरू रहेका छन् ।
‘बीवाईडीको ३०औं वार्षिकोत्सवमा नेपालभर १०० गाडी डेलिभरीको उपलब्धि हाम्रो लागि गर्वको क्षण हो। यो हाम्रो टोलीको मेहनत र ग्राहकहरूको विश्वासको प्रमाण हो’, साईमेक्स इन्कका नेस्नल सेल्स प्रमुख अशुतोष गौतमले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण