संसद्वादी दललाई विप्लवको चुनौती– ०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छौँ
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ०८४ मा हुने आम निर्वाचनमा सबै पार्टीसँग प्रतिस्पर्धा गर्न तयार भएको बताएका छन् । तर नेकपालाई निर्वाचनमा सहभागी हुने वातावरण बनाइ दिनका लागि विगतमा सरकारसँग भएको तीन बुँदे कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीसँग उनले आग्रह गरे ।
नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले भने– ‘मध्यम वर्गीयको चाहना नेकपाले आगामी निर्वाचनमा भाग लियोस् भन्ने छ । हामी चाहन्छौँ सरकारले विगतमा सम्झौता गरेको तीन बुँदे कार्यान्वयन गरोस् । झुटा मुद्दामा फसाइएको साथीहरूलाई रिहाइ गरोस् । हामीसँग भएको सहमति सरकारले कार्यान्वयन गरेमा ०८४ को निर्वाचनमा सबै दलसँग प्रतिस्पर्धा गर्न हामी तयार छौँ । हामी ६७४३ वडामा लड्ने छौँ । ७५३ पालिका र १६५ निर्वाचन क्षेत्रमा निर्वाचन लड्ने छौँ ।’
कार्यक्रममा एक पटक एकीकृत जनक्रान्तिलाई ०८४ को निर्वाचनमा प्रयोग गर्न चाहेको उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण