गोविन्दाले भान्जा कृष्णा अभिषेकलाई किन भने गधा ?
नयाँ दिल्ली । कमेडियन कृष्णा अभिषेक र बलिउड अभिनेता गोविन्दाबिच सम्बन्धमा तिक्तता सबैलाई थाहा भएकै कुरा हो । गोविन्दाकी पत्नी सुनिता आहुजाले कृष्णा उनको शोको हिस्सा भएकाले आफू द ग्रेट इन्डियन कपिल शोको हिस्सा नबन्ने बताएकी थिइन् ।
यसैबिच कपिल शर्माको नेटफ्लिक्स शो को नयाँ प्रोमो सार्वजनिक भएको छ । द ग्रेट इन्डियन कपिल शर्मा शोमा कृष्णाका मामा अर्थात् गोविन्दा शक्ति कपूर र चंकी पाण्डेसँग शोमा आएका थिए ।
शो को आगामी एपिसोडको प्रोमोमा कपिल शर्माले गोविन्दा, चंकी पाण्डे र शक्ति कपूरलाई स्टेजमा स्वागत गरेको देखिन्छ । केही समयअघि घरमा आफैले चलाइरहेको बन्दुक लागेर गोविन्दा घाइते भएका थिए ।
प्रोमो हेर्दा अभिनेता निको भइसकेको देखिन्छ । शोमा उनी फिट एन्ड फाइन बनेर भित्रिएको देखिन्छन् । शोमा उनले शक्ति कपुरलाई उनका अफेयरहरूलाई लिएर चिढ्याउँछन् पनि ।
यति नै बेला कृष्ण आउँछन् । उनी अली बाबा र ४० चोरको गेटअपमा हुन्छन् । त्यसपछि मामा र भाञ्जाले एक अर्कालाई अँगालो हाल्छन् । दर्शक दिर्घामा कृष्णकी बहिनी आरती छिन् । उनी भावुक देखिन्छिन् ।
‘धेरै समयपछि हामी भेटिएका छौँ र म अब तपाईंलाई जान दिँदिन’ कृष्णाले भन्छन् । कृष्णले किकु शारदालाई गधा भन्छन् । त्यसपछि गोविन्दाले पनि कृष्णालाई गधा भनेको सुनिन्छ । गोविन्द र कृष्णबिचको सम्बन्ध राम्रो छैन । केही समयअघि कृष्णले कमेडी नाइट्स लाइभ नामको शो गरेका थिए ।
यो शोमा उनले आफ्ना मामा गोविन्दालाई पाहुनाको रूपमा निम्तो दिएका थिए । तर गोविन्दा शोमा आउनुअघि कृष्णाको प्रतिस्पर्धी कपिल शर्माको शोमा गए ।
यो देखेर कृष्णाको मन कुँडियो । परिवारको सदस्य भएकाले मामाले आफूलाई साथ दिने आशा कृष्णाको थियो । कृष्णाले आफ्नो शोमा गोविन्दालाई मामा राखेको भनेका थिए । उनको यो मजाक सुनेर गोविन्दा निकै रिसाए ।
यही कुरालाई लिएर यी दुई जनाको सम्बन्ध कयौं वर्षदेखि चिसिएको छ । हालै गोविन्दालाई गोली लागेपछि विदेशको ट्रिप सकेर कृष्णा मामालाई भेट्न उनको घरमा गएका थिए । तर यतिबेला उनले मामालाई मात्रै भेटेर आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण