चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता
काठमाडौँ । चार महिनामा २४२ उद्योग दर्ता भएका छन् भने करिब ४१ अर्ब बराबरको विदेशी लगानीको प्रस्ताव आएको छ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा स्वदेशी तथा विदेशी गरी २४२ वटा उद्योग दर्ता भएका हुन् ।
यस अवधिमा ४० अर्ब ९६ करोड बराबरको प्रस्ताव आएको उद्योग विभागका महानिर्देशक राजेश्वरप्रसाद ज्ञवालीले जानकारी दिए ।
यस अवधिमा २६३ लगानीका प्रस्ताव स्वीकृत भएका छन् । जसमध्ये अनुमोदन प्रणालीबाट १५४ वटा लगानी स्वीकृत भएका छन् । स्वचालित प्रणालीबाट १०९ वटा विदेशी लगानी स्वीकृत गरिएका छन् ।
यसैगरी अनुमोदन प्रणालीबाट प्रस्ताव स्वीकृत हुँदा १७ अर्ब ३ करोड प्रस्तावित विदेशी लगानी आएको छ । स्वचालित प्रणालीबाट १ अर्ब ६२ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव आएको छ ।
विदेशी लगानी परियोजनाहरूमा ७ हजार ६६७ रोजगारीका प्रस्ताव आएका छन् भने कुल ११ हजार ७८१ रोजगारका लागि प्रस्ताव आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण