प्रधानमन्त्रीलाई लोहनीको सुझाव : बीआरआई लिन्न भनेर निर्णय नगर्नुस्
काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनीले बीआरआई स्वीकार्ने नस्वीकार्ने नेपालको अधिकारको कुरा भएको बताएका छन् । साथै उनले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा राष्ट्र हितलाई ध्यानमा राख्न सक्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे सोमबार सरोकारवालाहरूसँग गरेको छलफलका क्रममा डा.लोहनीले चीन भ्रमणका क्रममा प्रधानमन्त्रीलाई राष्ट्र हितलाई स्वार्थमा राखेर निर्णय गर्न सुझाव दिएको बताए ।
‘मैले प्रधानमन्त्रीलाई तपाई नेपालको प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा जाँदै हुनुहुन्छ । त्यसकारण राष्ट्र हितलाई स्वार्थमा राख्नुस् नेपाली जनताको साथ रहन्छ भन्ने सुझाव दिएँ’, प्रधानमन्त्रीलाई आफूले दिएको सुझाव उद्धृत गर्दै लोहनीले भने, ‘ठुला देशसँगको व्यवहारमा नेपालले जहिले पनि आफ्नो विश्वसनीयता कायम राख्न सक्नुपर्छ ।’ उनले भ्रमणका बेला बोल्ने तर नेपाल फर्केपछि बिर्सने गर्न नहुनेतर्फ आफूले स्मरण गराएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण