पाकिस्तानमा प्रहरी र इमरान खानका समर्थकबिच झडप
इस्लामवाद । पाकिस्तानमा पूर्व क्रिकेटर तथा पूर्व प्रधानमन्त्री इमरान खानका समर्थक तथा प्रहरीबिच झडप भएको छ । इस्लामवादमा इमरान खानको समर्थनमा सडकमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच झडप भएको हो ।
प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा मुडा गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । हिंसात्मक प्रदर्शनपछि अधिकारीहरू राजधानीलाई लकडाउनमा राखेका छन् । निश्चित क्षेत्रमा राजमार्गहरू बन्द गरिएको छ भने फोन सेवा पनि अवरुद्ध गरिएको छ ।
खानले आफ्ना समर्थकको नाममा ‘अन्तिम आह्वान’ जारी गर्दै उनीहरूको माग सम्बोधन नगर्दासम्म राजधानीमै रहन अनुरोध गरेपछि प्रदर्शन सुरु भएको थियो । यतिबेला खान भ्रष्टाचारको लागि तीन वर्षको जेल सजाय भोगिरहेका छन् । तर खानले भने आफूमाथिको आरोप अस्वीकार गरेका छन् ।
रिहाइको माग गर्दै इस्लामवादमा खानकी पत्नी बुसरा बिवी पनि सडकमै आएकी छिन् । जनवरीमा खानको साथमा बिवीलाई पनि जेल सजाय दिइएको थियो । तर अक्टोबरको अन्त्यमा उनलाई रिहा गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण