सीटीईभीटी तालाबन्दी निषेध क्षेत्र घोषणा
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का उपाध्यक्ष ओमप्रसाद दाहालले सीटीईभीटी तालाबन्दी निषेधित क्षेत्र घोषणा गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले सो घोषणा गरेका हुन् ।
उपाध्यक्ष दाहालले आजदेखि तालाबन्दी निषेध क्षेत्र घोषणा गर्दै सबैले सीटीईभीटीका श्रीवृद्धिमा लाग्न आग्रह गरे । उनले सुशासनलाई मूल मन्त्र मानेर सरोकारवाला पक्षसँग समन्वय, सहकार्य गरी टिममा काम गर्ने बताए । उनले सरोकारवाला पक्षसँग बसेर सीटीईभीटीको वर्तमान अवस्था, समस्या र समाधानका उपायहरू खोजी त्यसको आधारमा गुरुयोजना बनाइ अहोरात्र खट्नुपर्ने आवश्यकता औँल्याए । देशभरका आम युवाहरूमा प्राविधिक शिक्षाको पहुँच पुर्याउन सातवटै प्रदेशमा प्राविधिक शिक्षाप्रति अवेरनेस क्याम्पियन गर्नुपर्ने बताए । उनले सीटीईभीटीप्रति जायज माग छन् भने त्यसलाई वार्ता र संवादबाट समाधान गर्ने आश्वासन दिए ।
उनले सीटीईभीटीमा कर्मचारी, प्रशिक्षार्थी, आंगिक सम्बन्धन प्राप्त शिक्षालयका समस्याहरूलाई प्राथमिकताका आधारमा अघि बढाइ नीतिगत र आर्थिक प्रशासनिक समस्याहरू समाधान गर्न लागि पर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण