सरकार ढाल्ने स्वार्थ समूहले नै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरे : वर्षमान पुन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकार ढाल्ने स्वार्थ समूहले नै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरेको आरोप लगाएका छन् । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएपछि उनले आफूहरूले भन्दै आएको सरकार स्वार्थ समूहले चलाएको छ भन्ने कुरा पनि पुष्टि भएको बताएका हुन् ।
यही समूहले भोलि गभर्नर पनि नियुक्त गर्ने भन्दै पुनले स्वार्थ समूहले गभर्नर पनि तयार गरिसकेको बताए । अर्थतन्त्र सेयर बजार सबै कब्जा गर्ने डिजाइन रहेको भन्दै उनले आफूहरूले भन्दै आएको दलाल पुँजीवाद यही हो भनी प्रश्न समेत गरे ।
रातोपाटीसँग सोमबार उनले भने,‘ओलीजी र हाम्रो बिचमा सँगै सरकारमा हुँदा नमिलेको कुरामध्ये यो पनि प्रमुख हो । हाम्रो स्वार्थ नमिल्दा सरकार ढलेको हो कि भन्ने थियो । जनताले बुझ्ने तहमै छर्लङ्ग भएको छ । हामीले भन्दा सरकारबाट हट्दाको पीडा बोलेको भन्नेहरू पनि थिए । अब हामीले भन्नै परेन । उहाँहरूले आफैँले पुष्टि गरिदिनुभयो । बिचौलियाहरूको चलखेल यत्तिमा मात्र रोकिँदैन । धितोपत्र बोर्ड, राष्ट्रबैंक, बीमा, जस्ता नियामक निकाय अब बिचौलियाको हातमा जान्छ ।’
पुनले देशको सिंगो अर्थतन्त्र नै बिचौलियालाई सुम्पने हर्कत निन्दनीय रहेको उल्लेख गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण