युवकलाई बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ
धनगढी । कैलालीको धनगढीमा २ जना युवकलाई अपहरण गरी बन्धक बनाइ कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार युवकलाई अपहरण गरेको आरोपमा कञ्चनपुरको बेलौरी नगरपालिका–५ घर भई अध्ययनका लागि धनगढी उपमहानगरपालिका बस्दै आएका १८ वर्षीय अमित नेगी, डडेल्धुराका १८ वर्षीय विशाल भट्ट र कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियाका २४ वर्षीय भुपी खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार उनीहरूलाई अपहरण गरी बन्धक बनाएर लागूपदार्थ खुवाउँदै कुटपिट गरेको आरोपमा पक्राउ गरिएको हो । उनीहरूको साथबाट एक थान खुकुरी पनि बरामद गरिएको डीएसपी बोहराले बताए ।
प्रहरीका अनुसार आरोपित तीन जनाले धनगढी उपमहानगरपालिका–४ तारानगर कोठा गरी बस्ने बझाङ केदारस्यु गाउँपालिका ६ का १७ वर्षीय योगेश धामी र बझाङ मष्टा गाउँपालिका ६ का १७ वर्षीय अशोक खड्कालाई तिनीहरुकै कोठाबाट अपहरण गरी धनगढी तारानगरस्थित बाझो घरमा बन्धक बनाएका थिए ।
प्रहरीले आरोपितहरुलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ थालिएको र निजहरुको मोबाइल समेत चेकजाँच गर्दा कुटपिट गरेको भिडियो भेटिएको आधारमा तीनै जनालाई आवश्यक कारबाही लागि हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण