इजरायलस्थित नेपाली राजदूतावासले हुण्डीको प्रयोग नगर्नेलाई थप सुविधा दिने
काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले हुण्डी मार्फत पैसा नपठाउने नेपालीलाई थप सेवा दिने जनाएको छ । दूतावासले एक सार्वजनिक सूचना जारी गर्दै हुण्डी प्रयोग गरेको छैन भनी दूतावासमा स्व–घोषणा गर्नेलाई थप सेवाहरू प्रदान गर्ने जनाएको हो ।
हुण्डीमार्फत पैसा पठाउने गरेको जानकारीमा आएको भन्दै दूतावासले त्यसको न्यूनीकरणका लागि सबैले सहयोग गर्नुपर्ने जनाएको छ ।
जानी/नजानी कोही कतै नेपालीहरूबाट हुँदै आएको हुण्डी व्यवहारका कारण भएका नोक्सानीबारे सबै पक्ष जानकार नै भएको जनाउँदै दूतावासले त्यसको न्यूनीकरणका लागि सहयोग गर्न दूतावासले अनुरोध गरेको हो ।
दूतावासले राहदानी चाहिएको बेला तुरुन्त उपलब्ध गराउन सकिने, अन्य प्रमाणीकरण कागजातहरू तुरुन्त उपबन्ध गराउने सकिने, आय/आम्दानीका पत्र आवश्यक परे तुरुन्त दिन सकिने जस्ता सेवाहरू शीघ्र उपलब्ध गराउन लागिएको जनाएको छ ।
त्यसका लागि हुण्डी प्रयोग गरेको छैन भनी दूतावासमा स्व–घोषणा गर्नुपर्ने दूतावासले जनाएको छ । आम्दानी पत्र आवश्यक परे नेपाल पैसा पठाएको तीन महिना अगाडिसम्मको रेमिट्यान्सको कुनै स्टेटमेन्ट देखाउनुपर्ने छ ।
हुण्डी प्रयोग नगरेको स्व–घोषणा गर्न नसक्ने सेवाग्राहीलाई १० दिनको वर्किङ आवर राखेर मात्रै सेवा दिइने दूतावासले प्रष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण