डीडीसी सुधारका लागि सक्दो प्रयास गर्दैछु : मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डीडीसी)लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरिरहेको बताएका छन् । मंगलबार राष्ट्रिय किसान सञ्जालको ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले डीडीसीको उत्पादनको खपत बढाउन व्यक्तिगत तबरबाट समेत आफूले विभिन्न प्रयास गरिरहेको बताएका हुन् ।
डीडीसीमा बेथिति रहेको र यसलाई अन्त्य गर्न केही समय लाग्ने र यसका लागि पहल गरी रहेका मन्त्री अधिकारले उल्लेख गरे । हाल डीडीसीले दूध खरिदमा विगतदेखि नै कोटा निर्धारण गर्ने गरेको उनले जानकारी गराए । तर यसले किसानलाई मार्का पार्न नहुने मन्त्रालयको जोड रहेको उनले बताए । ‘सरकारले अण्डा र मासुमा आत्मनिर्भर भए जस्तै दुधमा पनि आत्मनिर्भरको विषय उठाउँदै गर्दा किसानको दुध खरिद नगर्ने भन्ने कुरा हुन सक्दैन,’ उनले भने, ‘केही सञ्चार माध्यममा किसानको दुध सरकारी संस्थानले नकिनेको विषय आएको तर दुध बिक्री नभएको गुनासो किसान मार्फत नआएको भए पनि यस विषयलाई गम्भीरता पूर्वक लिएको छु ।’
ज्ञापनपत्र बुझाउँदै सञ्जालले दुध, उखु, सुपारीलगायत अहिलेका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण