एमाले महासचिव पोखरेल र भियतनाम कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलबिच भेटवार्ता
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलसँग भियतनाम कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य ली हाई बिन्ह नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।
मंगलबार एमाले केन्द्रीय कार्यालय च्यासलमा भएको भेटमा दुई देशका सरकार, कम्युनिस्ट पार्टी र जनताबिचको घनिष्ठ सम्बन्धका बारेमा छलफल भएको एमाले विदेश विभाग सदस्य गोपाल खनालले जनाएका छन् ।
भेटमा महासचिव पोखरेलले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा महत्वका साथ भियतनामको भ्रमण गरेबाट दुई देशबिचको गहिरो सम्बन्धलाई उजागर गर्ने बताए ।
महासचिव पोखरेलले भियतनामसँगको सम्बन्धका विभिन्न पाटाहरूको चर्चा गर्दै बुद्ध धर्मले नेपाल र भियतनामलाई सांस्कृतिक रूपमा जोड्ने काम गरेको भन्दै यो सम्बन्धलाई घनिष्ठ बनाउन दुई देशबिच सिधा हवाई सेवा सञ्चालन गर्न पहल हुनुपर्नेमा जोड दिएका छन् ।
भियतनाममा भएको स्वाधीनता र स्वाभिमानको आन्दोलनबाट नेपालले ठुलो शिक्षा र प्रेरणा लिएको स्मरण गर्दै महासचिव पोखरेलले भियतनामको आर्थिक विकासबाट नेपालको विकास र समृद्धि यात्रा अगाडि बढाउन सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा भियतनाम कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य लिले नेपालमा कम्युनिस्ट पार्टीले हासिल गरेको सफलताप्रति खुसी प्रकट गर्दै आगामी दिनमा अझ बढी सफलताको शुभकामना व्यक्त गरे ।
दुई कम्युनिस्ट पार्टीबिचको सम्बन्धलाई सुदृढ बनाउँदै दुवै देश र जनताको आर्थिक समृद्धिका लागि आपसी सहयोग अभिवृद्धि गर्न तयार रहेको लीको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण