एमाले महासचिव पोखरेल र भियतनाम कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलसँग भियतनाम कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य ली हाई बिन्ह नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।
मंगलबार एमाले केन्द्रीय कार्यालय च्यासलमा भएको भेटमा दुई देशका सरकार, कम्युनिस्ट पार्टी र जनताबिचको घनिष्ठ सम्बन्धका बारेमा छलफल भएको एमाले विदेश विभाग सदस्य गोपाल खनालले जनाएका छन् ।
भेटमा महासचिव पोखरेलले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा महत्वका साथ भियतनामको भ्रमण गरेबाट दुई देशबिचको गहिरो सम्बन्धलाई उजागर गर्ने बताए ।
महासचिव पोखरेलले भियतनामसँगको सम्बन्धका विभिन्न पाटाहरूको चर्चा गर्दै बुद्ध धर्मले नेपाल र भियतनामलाई सांस्कृतिक रूपमा जोड्ने काम गरेको भन्दै यो सम्बन्धलाई घनिष्ठ बनाउन दुई देशबिच सिधा हवाई सेवा सञ्चालन गर्न पहल हुनुपर्नेमा जोड दिएका छन् ।
भियतनाममा भएको स्वाधीनता र स्वाभिमानको आन्दोलनबाट नेपालले ठुलो शिक्षा र प्रेरणा लिएको स्मरण गर्दै महासचिव पोखरेलले भियतनामको आर्थिक विकासबाट नेपालको विकास र समृद्धि यात्रा अगाडि बढाउन सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा भियतनाम कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य लिले नेपालमा कम्युनिस्ट पार्टीले हासिल गरेको सफलताप्रति खुसी प्रकट गर्दै आगामी दिनमा अझ बढी सफलताको शुभकामना व्यक्त गरे ।
दुई कम्युनिस्ट पार्टीबिचको सम्बन्धलाई सुदृढ बनाउँदै दुवै देश र जनताको आर्थिक समृद्धिका लागि आपसी सहयोग अभिवृद्धि गर्न तयार रहेको लीको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन