अपराध
अवैध तरिकाले नेपाल प्रवेश गर्न खोज्ने दुईजना चिनियाँसहित ३ पक्राउ
मङ्गलबार, ११ मङ्सिर २०८१, २० : ५३
काठमाडौँ । अवैध तरिकाले नेपाल प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुईजना चिनियाँसहित ३ जनालाई पक्राउ गरेको छ ।
उनीहरु भारतको उत्तर प्रदेशबाट नेपाल प्रवेश गर्न लागेको अवस्थामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर–५ बाट पक्राउ गरिएको कपिलवस्तुका एसपी निरञ्जदत्त भट्टले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा चिनियाँ नागरिक ३२ वर्षीय लि कुआन कुई र ३५ वर्षीय एक्स ताओ छन् । एक्स ताओको साथमा पासपोर्ट फेला परेको छैन ।
भारतीय नागरिक अरबाजशेषले उनीहरुलाई गाइड गरेर नेपाल ल्याउँदै थिए ।
लि कुआन कुईको साथबाट ६ थान मोबाइल र दुईथान ल्यापटप बरामद गरेर भारतीय नागरिकसहित तिनैजनालाई अध्यागमन कार्यालय बेलहियामा पठाइएको एसपी भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण