खेलाडीहरू माथि खेलबाड गर्न हुँदैन : मन्त्री महर्जन
हेटौंडा । बागमती प्रदेश युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलाडीहरूमाथि खेलबाड गर्न नहुने बताएका छन् । उनले राजनीति द्वन्द्व र स्वार्थ राखेर खेलकुद र खेलाडीहरूको भविष्यमाथि खेलबाड गर्न नहुने बताए ।
बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको उसु प्रशिक्षक तथा रेफ्री आधारभूत तालिम कार्यक्रम उद्घाटन गर्दै संघीय युवा तथा खेलकुदमन्त्री र राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिवको आन्तरिक द्वन्दका कारण १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गर्न नसकेको बताए । राष्ट्रिय खेलकुदको मिति तय गर्न नसक्दा खेलाडीहरूमा नैराश्य पैदा भएको उनको भनाइ छ ।
देशको नाम राख्ने खेलाडीलाई निराश गर्ने गरी राजनीतिज्ञहरूले काम गर्न नहुने उनले बताए । आफ्ना स्वार्थ र द्वन्दका विषय छलफल तथा बहसबाट समाधान गर्दै खेलाडीको प्रोत्साहन गर्नु राजनीतिज्ञको दायित्व रहेको मन्त्री महर्जनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण