च्याम्पियन्स लिग : इन्टरको शीर्षता कायमै, बार्सिलोनाले उछिन्न सक्ने
बुधबार, १२ मङ्सिर २०८१, ०५ : ०९
काठमाडौं । च्याम्पियन्स लिगमा इन्टर मिलानले सहज जित निकाल्दै शीर्षता कायमै राखेको छ । मंगलबार राती घरेलु मैदानमा आरबी लेपजिगविरुद्ध १-० को जित निकाल्दै इटालीको इन्टरले अंक तालिकाको शीर्षता कायमै राखेको हो ।
इन्टरलाई जिताउन लुकेबाले गरेको गोल नै निर्णायक बन्यो । लिग चरणका खेल चलिरहँदा इन्टर अहिलेसम्म अपराजित छ । उसको पाँच खेलबाट १३ अंक भएको छ । दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट १२ अंक छ । गोलअन्तरका आधारमा बार्सिलोनाले इन्टरले उछिन्ने भने पक्का छ ।
यस्तै, मंगलबार राती एसी मिलानले स्लोभान ब्राटिस्लाभा ३-२ ले पराजित गर्दा बायर लिभरकुजेनले आरबी स्लाजवर्गलाई ५-० को फराकिलो अन्तरले हरायो । बार्यन म्युनिखले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई १-० ले हराउँदा एटलान्टाले योङ व्वाइजविरुद्ध ६-१ को फराकिलो जित निकाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण