‘कार्साङ’को हिरो दयाहाङ कि जितु ?
काठमाडौँ । आगामी पुस २६ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘कार्साङ’ । प्रदर्शन तिमि नजिकिएसँगै फिल्मले प्रचारप्रसार समेत गरिरहेको छ । फिल्मको प्रचारप्रसारका लागि केही पोस्टर सार्वजनिक भएका छन् । जसमध्य एकमा दयाहाङ राई मुख्य हिरोका फिचर्ड छन्, भने केहीमा जितु नेपाल । एक पोस्टरमा अभिनेत्री दीया मास्केसँग जितु नेपाललाई देखाइएको छ ।
सुरुमा फिल्मको हिरोको रुपमा दयाहाङ भनेर प्रचार गरिएको फिल्मको प्रचार सामाग्रीमा लगातार जितु फिचर्ड हुनुले फिल्मको हिरो दयाहाङ कि जितु को ? भन्ने प्रश्न खडा भएको छ । निर्माण युनिटले यस विषयमा अहिले केही प्रस्ट पारेको छैन ।
गत दसैँमा जितुको मुख्य भूमिकामा रहेको फिल्म ‘ज्वाइँ शाव’ आयो । फिल्मले लगानी समेत उठायो । त्यसैले पनि अहिले जितुलाई लिएर फिल्म निर्माण बढेको छ ।
यम शेर्पाको निर्देशनमा डेव्यु फिल्म कासाङ शेर्पा समुदायको संस्कृतिमा आधारित रहेर निर्माण भएको हो । फिल्ममा दयाहाङ र जितुको अलवा सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।
यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।
फिल्मको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छन् भने स्वदेश वितरण आरआर फिल्मसले गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ : सिंह
-
मंसिर २२ देखि लेखनाथमा आदर्श कप फुटबल हुने
-
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
-
एमाले सांसद चौधरीले हैकम जमाएको भन्दै २१३ जनाद्वारा पार्टी परित्याग
-
लगानी बढाउन चिनियाँ लगानीकर्तासँग प्रधानमन्त्री ओलीको आग्रह
-
एसिया कपमा युवा टोलीले धेरै आशा गर्न सकिने प्रदर्शन गरेको छ : शक्ति गौचन