कीर्तिपुर र काठमाडौँ–१६ मा अनुगमन टोली परिचालन गर्ने आयोगको निर्णय

काठमाडौँ । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिका र काठमाडौँ महानगरपालिका–१६ मा हुने उपनिर्वाचनका लागि अनुगमन टोली खटाउने निर्णय गरेको छ । बुधवार आयोगले ती उपनिर्वाचन क्षेत्रमा अनुगमन टोली खटाउने निर्णय गरेको हो ।
आयोगले एक विज्ञप्ति जारी गर्दै ती क्षेत्रमा उपनिर्वाचनको प्रचार प्रसारको क्रममा आचारसंहिताको उल्लङ्घन भएको भनी सूचना प्राप्त भएकोले आचार संहिता पालना भए –नभएको अनुगमन गर्न टोली गठन गरी परिचालन गरिएको जानकारी दिएको छ ।
आयोगका अनुसार कीर्तिपुर नगरपालिकामा प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी र काठमाडौँ महानगरपालिका १६ मा सहसचिव नारायणप्रसाद सापकोटाको नेतृत्वमा अनुगमन टोली गठन गरिएको छ । निर्वाचन प्रचार प्रसारसँग सम्बन्धित गतिविधिहरूको अनुगमन गर्दा आचारसंहिता उल्लङ्घन गरिएको पाइएमा निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ बमोजिम कारबाही हुने समेत आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश