कीर्तिपुर र काठमाडौँ–१६ मा अनुगमन टोली परिचालन गर्ने आयोगको निर्णय
काठमाडौँ । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिका र काठमाडौँ महानगरपालिका–१६ मा हुने उपनिर्वाचनका लागि अनुगमन टोली खटाउने निर्णय गरेको छ । बुधवार आयोगले ती उपनिर्वाचन क्षेत्रमा अनुगमन टोली खटाउने निर्णय गरेको हो ।
आयोगले एक विज्ञप्ति जारी गर्दै ती क्षेत्रमा उपनिर्वाचनको प्रचार प्रसारको क्रममा आचारसंहिताको उल्लङ्घन भएको भनी सूचना प्राप्त भएकोले आचार संहिता पालना भए –नभएको अनुगमन गर्न टोली गठन गरी परिचालन गरिएको जानकारी दिएको छ ।
आयोगका अनुसार कीर्तिपुर नगरपालिकामा प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी र काठमाडौँ महानगरपालिका १६ मा सहसचिव नारायणप्रसाद सापकोटाको नेतृत्वमा अनुगमन टोली गठन गरिएको छ । निर्वाचन प्रचार प्रसारसँग सम्बन्धित गतिविधिहरूको अनुगमन गर्दा आचारसंहिता उल्लङ्घन गरिएको पाइएमा निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ बमोजिम कारबाही हुने समेत आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण