गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा : कमल थापा

विराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबरजस्ती लादिएको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा भएको बताएका छन् ।
मुलुकमा देखिएको सम्पूर्ण रोग, भोक, गरिबी, अशिक्षा र पछौटेपनको एक मात्र कारण सनातन हिन्दु धर्म, राजसंस्था, एकात्मक शासन प्रणाली भएको गलत भाष्य निर्माण गर्दै भ्रमको खेती गरी षड्यन्त्र पूर्वक ढंगबाट राजसंस्था र सनातन हिन्दु राष्ट्रको पहिचान समाप्त गरिएको समेत थापाले बताएका छन् । आज विराटनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विदेशीहरूको प्रायोजन र षड्यन्त्रबाट मुलुकको महत्त्वपूर्ण पहिचानलाई समाप्त पार्न देश भित्रका पार्टीहरूलाई प्रयोग गरिएको थापाले आरोप लगाए ।
सबै समस्याको अचुक रामवाण औषधि गणतन्त्र, धर्म निरपेक्षता र संघीयता हो भन्दै भ्रम सिर्जना गर्न विदेशीले करोडौँ पैसा खर्च गरेको समेत उनको टिप्पणी थियो । विदेशीको दबाब, प्रभाव र सत्तास्वार्थमा माओवादीसँगै कांग्रेस र एमाले पनि बहकिएको भन्दै थापाले माओवादी मार्फत विदेशीले खेलेको र कांग्रेस र एमाले समेत प्रयोग भएको बताए । अहिलेको भ्रष्ट व्यवस्था र शासकबाट मुक्ति पाउनको लागि जनता सडकमा आउनुपर्नेमा जोड दिँदै थापाले सबै राष्ट्रवादी, हिन्दुवादी र संघीयता विरोधीहरू एक ठाउँमा आउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार