सिन्धुलीको बुद्धचित्त माला विवादमा थप एक जना पक्राउ
काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर–५ स्थित बुद्धचित्त मालाको दाना टिप्ने विषयमा भएको विवादमा थप एक जना पक्राउ परेका छन् ।
काभ्रेको तेमाल गाउँपालिका घर भएका दुधराज तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनी ललितपुरबाट पक्राउ परेका हुन् ।
फिक्कल गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष होम बहादुर सुनुवारसँग करार सम्झौता गरेर किनेको बुद्धचित्तको दाना अर्को समूहले ‘लुटेको’ भन्दै आर्यन खतिवडाले प्रहरीमा जाहेरी दिएका थिए । बुद्धचित्तको रुख होम बहादुर सुनुवारको स्वामित्वमा छ ।
खतिवडाले दिएको जाहेरीको आधारमा प्रहरीले डाँकाचोरी तथा लुटपाट मुद्दामा दर्ता गरेको थियो । सो घटनामा यसअघि पक्राउ परेका राकेश तामाङ हाजिर जमानीमा रिहा भएका थिए ।
बारा घर भएका आर्यन खतिवडाले सो मालाको दाना आफूले ६५ लाखमा खरिद गर्नेगरी ‘करार सम्झौता’ गरेको बताएका छन् । साउन १ मा अर्को समूहले जबरजस्ती दाना टिपेका हुन् ।
रुख धनी होमबहादुरसँग सुरुमा काभ्रेको तेमाल गाउँपालिका घर भएका पुष्पलाल दोङले खरिद सम्झौता गरेका थिए । दोङबाट पुनः राकेश तामाङ, सुवर्ण लामा र देवलाल तामाङले दाना टिप्नेगरी करार गरे । त्यसपछि राकेश सहितका ३ जनाबाट आफूले दाना खरिद गर्ने सम्झौता गरेको जाहेरवाला खतिवडाले रातोपाटीलाई बताए । उनले भने, ‘मलाई बेच्ने मध्येका राकेश र पुष्पलाल आफैँ गएर मेरो स्वामित्वको बुद्धचित्तको दाना लुटेका हुन् ।’ लुटमा संलग्न पुष्पलाल दोङ फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण