बाल श्रम मुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्न अनुदानको लागि पुनः प्रस्ताव माग
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बाल श्रम मुक्त घोषणा कार्यक्रम सञ्चालन गर्न अनुदानका लागि पुनः प्रस्ताव माग गरेको छ । बाल श्रम मुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्न अनुदानका लागि पुनः आवेदन माग गरेको हो ।
यसअघि प्रस्ताव माग गरिएकोमा प्राप्त आवेदन नपरेपछि मन्त्रालयले दोस्रो पटक सूचना जारी गरेको हो । अब आगामी पुस १५ गतेभित्र आवेदन दिन सकिनेछ । चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार बाल श्रम मुक्त स्थानीय तह घोषणाको लागि सशर्त अनुदान शीर्षकमा १०० वटा स्थानीय तहलाई बाल श्रम मुक्त स्थानीय तह घोषणा अभियान सञ्चालन गर्न २ करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यसका लागि मन्त्रालयले २०८१ असोज १३ गते ६)० दिनको समयावधि तोकेर पहिलो पटक प्रस्ताव आह्वान
गरेको थियो । उक्त समयमा प्राप्त आवेदन नपरेपछि मन्त्रालयले दोस्रो पटक प्रस्ताव आह्वान गरेको हो ।
इच्छुक स्थानीय तहले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ को अनुसूची १ बमोजिमको घरधुरी सर्वेक्षण सम्पन्न गरेको प्रतिवेदनसहित प्रस्ताव पेस गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण