इजरायलले युद्धविराम उल्लंघन गरेर फेरि हवाई आक्रमण गरेको आरोप
काठमाडौं । युद्धविराम घोषणाको केही घण्टा नवित्दै इजरायली सुरक्षा बलले आक्रमण गरको भन्दै युद्धविराम सम्झौता उल्लंघनको आरोप लागेको छ । इजरायली सेनाले बिहीबार दक्षिणी लेबनानमा हिज्बुल्लाको अखडामा आक्रमण गरेरे युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लागेको हो । इजरायलले भने युद्धविराम भङ्ग गर्न खोज्नेहरुमाथि कारबाही गरेको प्रतिक्रिया दिएको छ ।
लेबनानी सेनाले इजरायलमाथि बुधबार र बिहीबार कयौं पटक युद्धविरामको उल्लंघनको प्रयास गरेको आरोप लगाएको छ । अमेरिका र फ्रान्सको मध्यस्ततामा भएको युद्धविराम सम्झौताको शर्त अनुसार हिज्बुल्लाहका लडाकु र इजरायली सैन्य बल ६० दिनभित्र दक्षिणी लेबनानबाट हट्नु पर्नेछ ।
त्यसपछि मात्रै लेबनानी सेना र शान्ति सैनिक पूर्ण क्षेत्रमा तैनाथ गरिनुपर्ने शर्त छ । युद्धविराम घोषणापछि इजरायली सेनाले लितानी नदीको उत्तरी क्षेत्रमा हवाई आक्रमण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण