कपालमा अन्डा लगाउँदा के हुन्छ ?
काठमाडौँ । लामो, बाक्लो र चम्किलो कपालको लागि हामी कयौँ हेयर ट्रिमेन्ट गर्छौ । बजारमा उपलब्ध अनेकौँ सामान प्रयोग गर्छौ । तर धेरैलाई यस्ता सामाग्री सुहाउँदैन । अनि घरेलु उपाय अपनाउँछन् । यी उपायहरूमा कपालमा अण्डाको प्रयोग पनि पर्छ ।
अण्डा लगाउँदा कपाललाई धेरै फाइदा पुग्छ भनेर हामीले प्रायः सुनेका छौँ । अण्डामा प्रचुर मात्रामा भिटामिन ई हुन्छ र यसमा प्रोटिन, क्याल्सियम, सेलेनियम, म्याग्नेसियम, फस्फोरस र पोटासियम जस्ता पोषक तत्त्वहरू पनि पाइन्छ । यसको प्रयोगमा जति फाइदा छन्, उती नै नोक्सान पनि छन् ।
आजको यस लेखमा हामी तपाईँलाई कपालमा अन्डा लगाउँदा हुने फाइदा र हानीबारे कुराकानी गर्नेछौँ ।
कपाललाई पोषण दिन्छ
कपाललाई पोषण दिन चाहनुहुन्छ भने अण्डाको प्रयोग गर्नुस् । अण्डामा प्रचुर मात्रामा प्रोटिन हुन्छ, जसले कपालको जरालाई मजबुत बनाउँछ र टुक्रनबाट बचाउँछ ।
कपाल चम्किलो हुन्छ
अण्डाको प्रयोगले कपाललाई नरम र चम्किलो बनाउँछ । कपाललाई कन्डिसनिङ गर्न चाहनुहुन्छ भने अण्डाको प्रयोग गर्न सकिन्छ । यसले कपाल निकै चम्किलो बनाउँछ ।
चायाँ कम हुनेछ
अण्डामा पाइने इन्जाइमले कपालको जराबाट मृत छाला हटाउन मद्दत गर्छ, जसले गर्दा चायाँ पनि डन्ड्रफ कम हुन्छ । तपाईँले हप्तामा दुई पटक आफ्नो कपालमा अण्डा प्रयोग गर्न सक्नुहुन्छ ।
- अहिलेसम्म हामीले कपालमा अन्डा लगाउँदा हुने फाइदाबारे कुरा गर्यौ । अब यसका केही बेफाइदा थाहा पाइराख्नुस् ।
कपालमा दुर्गन्ध
अण्डा लगाएपछि कपालबाट अनौठो गन्ध आउन सक्छ । यो गन्ध कपाल धुँदा पनि जाँदैन । कहिलेकाहीँ यो गन्धले तपाई अप्ठ्यारोमा पर्न पनि सक्नु हुन्छ ।
एलर्जी
धेरै मानिसहरूलाई अण्डाको एलर्जी हुन्छ । कपालमा लगाएपछि टाउको चिलाउने, पोल्ने वा बिबिरा आउने पनि हुन सक्छ । तपाईँले अण्डा प्रयोग गर्नु भयो तर लगाउने बित्तिकै टाउको चिलचिलाउने समस्या देखियो भने तुरुन्तै धोइहाल्नुस् ।
तैलियपना बढाउँछ
कपाल तैलीय छ भने तपाईँले अण्डा प्रयोग गर्नु हुन्न । तैलीय कपालमा अण्डा लगाउँदा झनै तैलिय बन्छ । यसले गर्दा कपालमा फोहोर पनि जम्मा हुन थाल्छ ।
(अस्वीकरण : यो लेख सामान्य जानकारीको लागि अनलाइन सामाग्रीबाट तयार पारिएको हो । अधिक जानकारीका लागि विशेषज्ञ वा आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोला ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण