शिल्पा शेट्टी र राज कुन्द्राको घरमा एकाबिहानै छापा
नयाँ दिल्ली । भारतको कानुन कार्यान्वयन गराउने निकाय प्रवर्तन निर्देशालय अर्थात् ईडीले बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनको पति राज कुन्द्राको घरमा छापा मारेको छ । सम्पत्ति शुद्धीकरण मामिलामा ईडीले शुक्रवार एका बिहानैदेखि कुन्द्रको घरलगायत विभिन्न स्थानमा छापा मारेको हो ।
अनुसन्धान निकायले १५ स्थानमा खोजी कार्य गरिरहेको भन्दै भारतीय सञ्चारमाध्यमहरूले समाचार छापेका छन् । महाराष्ट्र लगायत उत्तर प्रदेशका कयौँ सहरमा खोजी अभियान चलिरहेको भनिएको छ । रिपोर्टका अनुसार यो छापा रेड मोबाइल एपमार्फत अश्लील सामग्री निर्माण र वितरणमा लगाएको प्रतिबन्धसँग पनि सम्बन्धित छ । यस मामिलामा मुम्बई प्रहरीले यसअघि राज कुन्द्रालाई पक्राउ गरेको थियो ।
यस मामिलामा, राज कुन्द्रालाई मुम्बई पुलिसले २०२१ मा गिरफ्तार गरेको थियो । तर पछि उनी जमानतमा रिहा भए । हिजोआज चाँहि उनी अजय भारद्वाजसँग सम्बन्धित बिटक्वाइन ठगीसँग सम्बन्धित छुट्टै सम्पत्ति शुद्धीकरण मामिलामा भइरहेको छानबिनको दायरामा आएका छन् । ईडीले अनुसन्धानका लागि शिल्पाको जुहुस्थित बङ्गला कब्जामा लिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित निर्वाचन आयुक्तका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण