महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न
काठमाडौँ । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
सोही अन्तर्गत बैंकका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागजहरु राउण्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुनः प्रशोधनको लागि दिने र सो मार्फत प्राप्त रकम गरिब तथा असहाय विधार्थीहरुको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासको लागि खर्च गर्ने गरी राउण्ड टेबल नेपाल सँग समझदारी गरेको छ ।
यसबाट बैंकले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउण्ड टेबल नेपालले गर्दै आएको ‘बालबालिकालाई शिक्षित गरौं’ भन्ने परियोजनामा थप टेवा पुग्ने जनाइएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले काठमाडौँको फोहोर व्यवस्थापनमा सहयोग पु¥याउन डस्टबिन वितरण गरेको छ । ४०० भन्दा बढी घर धुरी रहेको उक्त टोलमा स्वच्छता र हरियाली प्रवद्र्घन गर्ने उद्देश्यका साथ ५० वटा डष्टबिन वितरण गरिएको हो । बैंकको सामुदायिक सरसफाईमा योगदान पु¥याउने दीर्घकालिन प्रतिबद्घता अनुरुप यस किसिमको सहकार्य गरिएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता स्वरुप ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजसँगको सहकार्यमा सांस्कृतिक गहना र सम्बन्धित कलाकृतिहरुको प्रदर्शनका साथै विभिन्न रत्नादी भएको परम्परागत आभुषणहरुको प्रदर्शन गर्न आयोजित पाटन हेरिटेज रनवे आयोजना गर्न आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।
त्यसैगरी दैनिक कामकाजलाई सहज रुपमा सञ्चालन गर्न आवश्यक पर्ने कम्प्युटर, मनिटर, कम्प्युटर टेबल, कुर्ची जस्ता कार्यालय सामाग्री खरिद गर्न शिव मन्दिर, बसडिलवा, सिदार्थनगर, रुपन्देहीलाई पनि बैंकले आर्थिक सहयोग गरेको छ ।
बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण