जनकपुर बोल्ट्सलाई नेपोभिटको साथ
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्लबमध्येको एक जनकपुर बोल्ट्सले टायल्स उत्पादक कम्नपी नेपोभिटलाई प्रायोजकको रुपमा भित्राएको छ ।
काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रमबिच जनकपुर बोल्ट्स र नेपोभिटका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा नेपोभिटको लोगोसहितको जनकपुर बोल्ट्सको जर्सी पनि सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा अतिथिका रुपमा आमन्त्रित गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जनकपुर बोल्ट्सलाई सफलताको शुभकामना दिए । उनले खेलकुद क्षेत्रको विकासमा प्रायोजकहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
झाले विभिन्न ब्यापारिक संघ–संस्था प्रायोजकका रुपमा अगाडि आउँदा खेलकुद क्षेत्रले आफ्नो आयाम विस्तार गर्ने अवसर पाउने बताए । प्रवक्ता झाले खेलकुद नै नबुझेका ब्यक्तिहरु खेल संघको नेतृत्वमा पुग्ने गरेकाले नेपालमा अपेक्षित रुपमा खेलकुद क्षेत्रको विकास हुन नसकेको धारणा पनि ब्यक्त गरे ।
नेपोभिटका अध्यक्ष शम्भुनाथ झाले एनपीएलजस्तो वृहत प्रतियोगितामा जनकपुर बोल्ट्ससँग जोडिन पाउँदा खुसी लागेको बताए । जनकुपर बोल्ट्सका निर्देशक अमित श्रेष्ठले प्रायोजन सम्झौता गरेर टोलीको हौसला बढाएकोमा नेपोभिटलाई धन्यवाद दिए ।
यसैगरी, नेपोभिटकी निर्देशक विभा झाले एनपीएलको सफलताका लागि शुभकामना व्यक्त गरिन् । उनले आफू जनकपुर बोल्ट्ससँग जोडिए पनि आगामी एनपीएलमा सहभागी सबै टोली आफ्ना लागि उत्तिकै प्रिय रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण