अपर त्रिशूलीको ड्याम साइडबाट मोटरसाइकल खस्दा १ जनाको मृत्यु
शनिबार, १५ मङ्सिर २०८१, १८ : ४३
काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ हाकुबेसी स्थित अपर त्रिशूली हाइड्रो पावरको ड्याम साइडबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश–०२–०११ प ४६०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय रामबहादुर तामाङको मृत्यु भएको रसुवाका डिएसपी केशव भट्टराईले रातोपाटीलाई बताए । अपर त्रिशूली–२१६ हाइड्रो पावरको ड्याम साइडबाट मोटरसाइकल ४ सय मिटर तल खसेको छ ।
मृत्यु भएका तामाङ मोटरसाइकल चालक हुन् । मोटरसाइकलमा सवार २० वर्षीय धिरज तामाङ सकुशल छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय रसुवाले अनुसन्धान गरिरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण