भारत : भिडन्तमा वरिष्ठ नेतासहित ७ माओवादी मारिए
तेलंगाना । छत्तीसगढ र तेलंगानाको सिमानामा रहेको मुलुगु जिल्लामा प्रहरीले सात संदिग्ध माओवादी मारिएको दाबी गरेको छ । तेलंगाना प्रहरीका अनुसार ग्रेहाउन्डका सुरक्षाकर्मीहरू र माओवादीहरूबिच खोजी अभियानमा निस्केका बेला भिडन्त भएको थियो ।
घटनास्थलबाट दुई एके ४७ र एउटा इन्सास राइफलका साथै ठुलो परिमाणमा अन्य हतियार, विस्फोटक पदार्थ र दैनिक प्रयोग हुने सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । एक प्रहरी अधिकारीले भने- ‘मुलुगु जिल्लाको चालपाका जंगल क्षेत्रमा बिहान करिब ५ : ३० बजे शङ्कास्पद माओवादीसँग भिडन्त भएको थियो। एक घण्टाभन्दा बढी समयसम्म चलेको भिडन्तमा माओवादी भद्रुको टोलीका सात सदस्य मारिएका थिए।’
मारिनेमा माओवादीका वरिष्ठ नेता कुसराम मङ्गु उर्फ पपन्ना, इगोल्पु मल्लैया उर्फ मधु, मुसाकी देवल, मुसाकी यमुना, जयसिंह र किशोर रहेको प्रहरीले पुष्टि गरेको छ । उक्त क्षेत्रमा अहिले पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले अझै केही माओवादी घाइते हुन सक्ने आशङ्का व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण