तिलागुफा–४ मा ६७.४८ प्रतिशत मत खस्यो, मतगणनाका लागि सर्वदलीय बैठक
आइतबार, १६ मङ्सिर २०८१, १७ : ४९
कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्ष पदमा लागि आइतबार भएको मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकृत धनबहादुर मल्लका अनुसार कुल मतदाता सङ्ख्याको ६७.४८ प्रतिशत अर्थात ४११ मत खसेको छ ।
यहाँ मतदाता सङ्ख्या ६०९ रहेको थियो । मतदानमा २१७ महिला र १९४ पुरुष सहभागी भएको उनले रातोपाटीलाई बताए । मतगणना आजै सुरु हुने र त्यसका लागि सर्वदलीय बैठक बसिरहेको उनले बताए ।
यहाँमा ६ दलको प्रतिस्पर्धा हुँदैछ । नेकपा एमालेबाट ऐनबहादुर शाही, नेमकिपाबाट खड्कराज शाही, रास्वपाबाट गगन बम, राप्रपाबाट गोगन शाही, माओवादीबाट नैस्वभा शाही र नेपाली कांग्रेसबाट पैलनबहादुर शाही उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण