तिलागुफा–४ मा ६७.४८ प्रतिशत मत खस्यो, मतगणनाका लागि सर्वदलीय बैठक
आइतबार, १६ मङ्सिर २०८१, १७ : ४९
कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्ष पदमा लागि आइतबार भएको मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकृत धनबहादुर मल्लका अनुसार कुल मतदाता सङ्ख्याको ६७.४८ प्रतिशत अर्थात ४११ मत खसेको छ ।
यहाँ मतदाता सङ्ख्या ६०९ रहेको थियो । मतदानमा २१७ महिला र १९४ पुरुष सहभागी भएको उनले रातोपाटीलाई बताए । मतगणना आजै सुरु हुने र त्यसका लागि सर्वदलीय बैठक बसिरहेको उनले बताए ।
यहाँमा ६ दलको प्रतिस्पर्धा हुँदैछ । नेकपा एमालेबाट ऐनबहादुर शाही, नेमकिपाबाट खड्कराज शाही, रास्वपाबाट गगन बम, राप्रपाबाट गोगन शाही, माओवादीबाट नैस्वभा शाही र नेपाली कांग्रेसबाट पैलनबहादुर शाही उम्मेदवार छन् ।