अर्धशतक बनाए लगत्तै आउट भए रवि बोपरा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको मंगलबार जारी दोस्रो खेलमा चितवन राइनोजका ब्याट्सम्यान रवी बोपराले अर्धशतक बनाएका छन् । पोखरा एभेन्जर्सविरुद्धको खेलमा उनले अर्धशतकीय पाली खेलेका हुन् ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बोपराले ३६ बलमा अर्धशतक पुरा गरेका हुन् । अर्धशतक पुरा गर्ने क्रममा बोपराले तीन छक्का र तीनवटा चौका पनि प्रहार गरे । इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट टेस्ट क्रिकेटसमेत खेलिसकेका बोपरा अर्धशतक बनाए लगत्तै आउट भए ।
जारी एनपीएलमा बनेको यो पाँचौँ अर्धशतक हो । मंगलबार नै सुदूरपश्चिम रोयल्सका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पाली खेलेका थिए । उनले अविजित ५७ रन बनाएका थिए ।
यसअघि सोमबार कर्णाली याक्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साहले अर्धशतक बनाएका थिए । उनले ४२ बलमा ६२ रन बनाएका थिए ।
प्रतियोगिताको उद्घाटन खेलमा पनि दुईवटा अर्धशतक बनेको थियो । त्यो खेलमा विराटनगर किङ्सका मार्टिन गप्टिलले ५५ रन बनाएका थिए । त्यही खेलमा जनकपुर बोल्ट्सका लागि लाहिरु मिलनथाले पनि अविजित ७५ रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण