अर्धशतक बनाए लगत्तै आउट भए रवि बोपरा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको मंगलबार जारी दोस्रो खेलमा चितवन राइनोजका ब्याट्सम्यान रवी बोपराले अर्धशतक बनाएका छन् । पोखरा एभेन्जर्सविरुद्धको खेलमा उनले अर्धशतकीय पाली खेलेका हुन् ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बोपराले ३६ बलमा अर्धशतक पुरा गरेका हुन् । अर्धशतक पुरा गर्ने क्रममा बोपराले तीन छक्का र तीनवटा चौका पनि प्रहार गरे । इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट टेस्ट क्रिकेटसमेत खेलिसकेका बोपरा अर्धशतक बनाए लगत्तै आउट भए ।
जारी एनपीएलमा बनेको यो पाँचौँ अर्धशतक हो । मंगलबार नै सुदूरपश्चिम रोयल्सका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पाली खेलेका थिए । उनले अविजित ५७ रन बनाएका थिए ।
यसअघि सोमबार कर्णाली याक्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साहले अर्धशतक बनाएका थिए । उनले ४२ बलमा ६२ रन बनाएका थिए ।
प्रतियोगिताको उद्घाटन खेलमा पनि दुईवटा अर्धशतक बनेको थियो । त्यो खेलमा विराटनगर किङ्सका मार्टिन गप्टिलले ५५ रन बनाएका थिए । त्यही खेलमा जनकपुर बोल्ट्सका लागि लाहिरु मिलनथाले पनि अविजित ७५ रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी
-
घरायसी विवाद हुँदा देवरले गरे भाउजूको हत्या
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
किशोरीद्वारा युवकमाथि चक्कु प्रहार, भाग्न खोज्दा लडेर घाइते
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट