अफ्रिकी देश नामिबियाले पायो पहिलो महिला राष्ट्रपति
बुधबार, १९ मङ्सिर २०८१, ०९ : २२
विन्डहोक । नेतुम्बो नन्दी-नदैतवाह अफ्रिकी देश नामिबियाको राष्ट्रपति पदमा निर्वाचित हुने पहिलो महिला बनेकी छन् । यसअघि नन्दी–नदैतवाहले उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
उनी सत्तारुढ दल साउथ वेस्ट अफ्रिका पिपुल्स अर्गनाइजेसनकी सदस्य हुन्। राष्ट्रपति निर्वाचनमा उनले ५७ प्रतिशतभन्दा बढी मत ल्याइन् भने प्रतिद्वन्द्वी पाण्डुलेनी इतुलाले २६ प्रतिशत मत ल्याए ।
तर, पाण्डुलेनी इतुलाले शनिबार नदैतवाहको पार्टीले निर्वाचन प्रक्रियामा धाँधली गरेको आरोप लगाउँदै निर्वाचनको परिणाम अस्वीकार गरेकी छन् । नामिबियाको अखबारका अनुसार मंगलबार साँझ नामिबियाको राजधानी विन्डहोकका अधिकांश विपक्षी दलहरूले चुनावी नतिजा बहिष्कार गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण