नेतान्याहुले ट्रम्पलाई किन दिए धन्यवाद ?

तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् । हमासले आफ्नो बन्धकमा राखेका इजरायली नागरिकहरूलाई रिहा नगरे भयानक दूर्गति भोग्न बाध्य हुनु पर्ने भन्दै ट्रम्पले धम्की दिएपछि नेतान्याहुले त्यसको समर्थनमा धन्यवाद दिएका हुन् ।
गत वर्ष हमासले आक्रमण गरेपछि इजरायल–हमास युद्ध छेडिएको थियो । यो युद्ध रोकिनुको सट्टा झन् झन् बढ्दै गइरहेको छ । बिस्तारै अरू धेरै देश यो युद्धमा सामेल भएका छन् । यति हुँदाहुँदै पनि हमासले बन्धक बनाएका मानिसहरूलाई रिहा गर्ने कुनै बाटो देखिएको छैन । यसै क्रममा अमेरिकाका नवनिर्वाचित राष्ट्रपतिले हमासद्वारा बन्धकहरूलाई रिहा नगर्ने कडा चेतावनी दिएका थिए ।
नेतान्याहुले एक्समा लेखेका छन्, ‘म राष्ट्रपति ट्रम्पलाई हिजो उनले दिएको बयानका लागि धन्यवाद भन्न चाहन्छु, जसमा उनले हमासले बन्धकहरूलाई रिहा गर्नु पर्ने आवश्यकता र यसको लागि हमासलाई जबाफदेही ठहर्याएका थिए । उसले सबै बन्धकहरूलाई रिहा गर्ने हाम्रो निरन्तरको प्रयासलाई अरू बलियो बनाउनेछ, धन्यवाद, राष्ट्रपति ट्रम्प ।’
हालै हमासले एउटा भिडियो सार्वजनिक गरेको थियो । यसमा अमेरिकी–इजरायली बन्धक एडन अलेक्ज्याण्डरले आफ्नो रिहाइको लागि बिन्ती गरिरहेको देखिन्थ्यो । यसपछि ट्रम्पले टु«थ सोसलमा चेतावनी पोस्ट गरेका थिए ।
यसमा उनले अमेरिकाको राष्ट्रपति पद सम्हाल्नुसम्म हमासले सबै बन्धकलाई रिहा नगरेमा मध्यपूर्वमा उसले ठुलो मूल्य चुकाउनु पर्ने र मानवता विरुद्धको यस्ता अत्याचार गर्नेहरूले भयानक दुगर्ति भोग्नु पर्ने भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीड फाइनान्सियल एकेडेमीद्वारा ग्र्याजुएसन समारोह सम्पन्न
-
युक्रेनकाे खेरसनमा ड्रोन आक्रमण, कम्तीमा सात जनाको मृत्यु
-
नामी र सेरेसले सुरु गरे अफर
-
पहलगाम आक्रमणमा ज्यान गुमाएका लेफ्टिनेन्टकी पत्नी भन्छिन्, ‘मुस्लिमहरू विरुद्ध नजानुहोस्’
-
राजसंस्थालाई चिहानबाट फर्काउन असम्भव : एमाले सचिव विष्ट
-
प्रधानमन्त्री ओली र भाजपा नेता चौथाइवालेबिच भेटवार्ता